चुनाव लक्षित कार्यक्रमका लागि गृहजिल्ला झापा पुगे ओली
झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्।
प्रतिनिधि सभा निर्वाचनमा झापा-५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रममा सहभागिता जनाउन आज गृहजिल्ला झापा पुगेका हुन् ।
हवाई मार्ग हुँदै झापा पुगेका ओलीको विमानस्थलमा पार्टीका स्थानीय नेतृत्व तथा कार्यकर्ताले स्वागत गरेका छन् ।
ओलीको सचिवालयका अनुसार अध्यक्ष ओलीको झापा भ्रमण निर्वाचन तयारी तथा संगठनात्मक गतिविधिसँग सम्बन्धित कार्यक्रमहरूमा केन्द्रित रहेको छ।
साथै भ्रमणका क्रममा उनले स्थानीय नेता-कार्यकर्तासँग भेटघाट गर्ने, चुनावी रणनीति र संगठन सुदृढीकरणबारे छलफल गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ।
झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उक्त क्षेत्रमा चुनावी माहोल थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस