३ सय युरोपेली नागरिक लिन काठमाडौं आइपुग्यो कतार एयरवेज
खबर एक्सप्रेस
२०७६-१२-१४ ११:१० मा प्रकाशित
Total Shares: 515
काठमाडौं - विदेशी नागरिक लिन कतार एयरवेजको एक चार्टर्ड विमान काठमाडौं आइपुगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जर्मनीसहित अन्य युरोपेली देशका ३ सय नागरिक लिन कतार एयरवेजको चार्टर्ड फ्लाइट काठमाडौंं आइपुगेको हो।
नेपाल सरकारले सम्पूर्ण उडान बन्द गरेर लकडाउन गरेता पनि जर्मन दूतावासको पहलमा चार्टर्ड उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उताबाट खाली आएर आफ्ना नागरिक लैजान लागेको हो।
फेसबुक पेज Like गर्नुहोस