काठमाडौं - सरकारले चैतमसान्तसम्म विदेशमा रहेका नेपाली नेपालमा आउन नपाउने स्पष्ट पारेको छ ।
बिहीबार सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले सरकारले तोकेका मुलुकहरुबाट चैतमसान्तम्म कोही नेपाली वा विदेशी नेपालमा आउन नपाउने बताएका हुन् ।
‘अहिलेको अवस्थामा भिसा सकिएका वा बिरामी कोही पनि नेपाल आउन पाउने छैनन्,’ उनले भने, ‘ ‘जहाँ हुनुहुन्छ, त्यही बस्नुस् । स्वास्थ्य लाभ गर्नुस् । बाटो खुलेपछि आउनुस् ।’ उनले ती देशलाई ट्रान्जिट बनाएर कोही आउन नपाउने पनि स्पष्ट पारे ।
सचिव बिडारीले भिसा सकिए पनि त्यहाँको सरकारले अहिलेको अवस्थामा त्यहीँ बस्ने व्यवस्था गरेको जानकारी दिए।
सरकारले बुधबार विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका पश्चिम एसिया लगायत खाडी, यूरोप क्षेत्रका मुलुकहरूबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको थियाे ।

.gif)


