काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) को तेस्रो संक्रमित व्यक्ति भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले खाडी मुलुकबाट आएका एक व्यक्तिमा काेरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा कोरोना पोजेटिभ देखिएको हो । हाल उनको उपचार शुक्रराज अस्पतालमा भइरहेको छ ।

यस्तै, यसअघि ४ चैतमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा पनि कोरोना संक्रमण देखिएको थियो । तर,  उनी भने उपचारपछि निको भइसकेका छन् ।