२०० रुपैयाँले घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०८०-०२-१४ ११:३७ मा प्रकाशित
Total Shares: 89
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ६ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस