काठमाडौं -  संघीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ ।

बैठक केहिबेर अघिदेखि सिंहदरबारमा सुरु भएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएकी छिन् । 

गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो । 

यसैगरी प्रधानमन्त्री कार्कीले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र पारित गरियोस भन्ने छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।