सुनचाँदीको भाउ स्थिर
खबर एक्सप्रेस
२०७९-१२-२६ १२:२७ मा प्रकाशित
Total Shares: 75
काठमाडौं-आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको छ ।
आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस