ओलीको चियापान कार्यक्रम आज, माधव-झलनाथ पक्षले बहिस्कार गर्ने
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
चियापान कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे हुँदैछ । कार्यक्रममा सहभागी हुन पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई सन्देश पठाइएको छ । सर्वोच्च अदालतले एकिकृत नेकपालाई खारेज गरेर एमाले पार्टी ब्यूँताएपछि पहिलोपटक चियापान कार्यक्रमको आयोजना गरिएको हो ।
तर, चियापान कार्यक्रमलाई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले भने बहिस्कार गर्ने बताएको छ । गत फागुन २८ गते प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि साे पक्ष रुष्ट बनेको छ ।
सोमबार धुम्बाराहीमा दुवै पक्षबीच करिब २ घण्टा लामो छलफल पनि भएको थियो । तर, प्रधानमन्त्री ओलीले गरेको एकपक्षीय निर्णय खारेज हुनुपर्ने सर्त अघि सारेपछि सहमति जुट्न सकेको थिएन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस