काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान

शुक्रबार

दिउँसो : सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभरी आंशिक देखि सामान्य बदली  रहने छ। देशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । 

शनिबार

दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली  रहने छ। देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । 

राती :  गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा  रहने छ। गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । 

आइतबार

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली  रहने छ। बागमती प्रदेश र प्रदेश नं १का पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । 

राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली  रहने छ।पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । 

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ/हावाहुरि सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।