बहुगुणी कागतीका यस्ता फाइदाहरु
–कागतीको रसमा मह मिसाएर सेवन गर्दा रुघाखोकी सन्चो हुन्छ ।
-कागतीको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नुका साथै मुटुको धड्कनलाई समेत सामान्य राख्न मद्दत गर्छ ।
–पेटसम्बन्धी समस्याका लागि कागती अचुक औषधि हो । नियमित कागतीपानी खाएमा कब्जियत र पित्तथैलीको समस्याबाट राहत पाउन सकिन्छ ।
–कागतीले शरीरमा भएको अम्लीयपनसँग प्रतिक्रिया गरी क्षार बनाउँछ । यसले गर्दा शरीरमा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।
–शरीरमा हुने चिल्लो पदार्थ नियन्त्रणमा राख्न कागतीले मद्दत गर्छ । साथै, रगत र कलेजोमा भएको अनावश्यक कोलस्ट्रोलको मात्रा घटाउँछ ।
–अमलाको धुलोमा कागती मिसाएर लगाउँदा कपाल झर्ने, फुल्ने र चाया पर्नेजस्ता कपालसम्बन्धी समस्या हल गर्न मद्दत पुग्छ ।
–कागतीपानी पिएमा यसले कलेजो सफा गर्छ । कलेजोका इन्जाइम कमजोर भएमा ऊर्जा दिनुका साथै रगतमा भएका उत्तेजक पदार्थलाई फिल्टर गर्छ ।
–बकाइनोको फलमा कागती मिसाएर लगाउँदा दाद निको हुन्छ । र, छालामा चमक ल्याउँछ ।
फेसबुक पेज Like गर्नुहोस