काठमाडौं - नेकपा एमालेको जारी राष्ट्रिय भेला आज समापन हुँदैछ । बुधबारदेखि काठमाडौंको माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा जारी भेलाको अन्तिम दिन आज पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण तथा सम्बोधन गर्ने कार्यक्रम छ ।
आजको भेलामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिनेछन् । त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका छ ।
नेता सूर्य थापाका अनुसार त्यसपछि राष्ट्रिय भेलाको समापन गरिनेछ । भेलालगत्तै अपराह्न ३ बजे सोही स्थानमा एमाले केन्द्रीय कमिटीको चौथो बैठक बस्नेछ ।
केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव, पार्टीको आगामी सांगठनिक योजना र राजनीतिक कार्यदिशाका विषयमा छलफल हुने जनाइएको छ ।

.gif)


