काठमाडौं - चीनको तिब्बत क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज (शुक्रबार) बिहान गएको भूकम्पको महसुस नेपालमा पनि गरिएको छ।

चीनको लप्चे भन्ने ठाउँ केन्द्रविन्दु भएर बिहान सात बजेर १८ मिनेट जाँदा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौँले जनाएको छ।

भूकम्पको धक्का पूर्वी पहाडको ताप्जेजुङ, सोलुखुम्बु लगायतका हिमाली र पहाडी जिल्लामा पनि महशुस गरिएको छ। भूकम्पले क्षति भए नभएको विवरण आइसकेको छैन।