रवीन्द्र मिश्रसँग आज इजलासमै बयान लिइने
खबर एक्सप्रेस
२०८२-०२-०३ १०:०२ मा प्रकाशित
Total Shares: 37
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग आज इजलासमै बयान लिइँदै छ ।
राजावादी आन्दोलनमा भएका अराजक गतिविधिका कारण पक्राउ परेका रवीन्द्रसँग ‘सरकारको जवाफ देखाएर’ इजलासमै बयान लिन लागिएको हो ।
गत चैत १५ गते तीनकुनेमा भएको हत्या, आगजनी, तोडफोडसहितका अराजक गतिविधिको नेतृत्वकर्ताका रूपमा सोही दिन पक्राउ परेका मिश्र जिल्ला अदालतको आदेशमा म्याद थप हुँदै थुनामै छन् ।
उनकी श्रीमती सारिका कार्कीले काठमाडौं जिल्ला अदालतलाई समेत विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस