काठमाडौं,बर्दिया - बर्दियामा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बर्दिया राष्ट्रिय निकुञ्ज मुख्य क्षेत्रभित्रै पर्ने ठाकुरबाबा नगरपालिका– ७ मोहनपुर बस्ने ६२ वर्षीया डल्ली रावत रहेकी छन् । 

निकुञ्जको बघौरा फाँटामा उनलाई बाघले आक्रमण गरेको थियो । निकुञ्जभित्र घाँस–दाउरा काट्न गएका वेला उनलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । 

उनीसँगै घाँस–दाउरा काट्न गएका महिलाले गाउँमा फर्किएर आई बाघले आक्रमण गरी लगेको खबर गरेपछि निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरीको टोलीले उनलाई खोजी गरेको थियो । 

खोज्दै जाँदा रावतको शव र उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको बताइएको छ ।