यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 28
काठमाडौं - हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपात/वर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।
देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस