उपयुक्त स्थानबाट ढुंगा र गिट्टी निकासी गर्न आधार तयार पार्ने सरकारको घोषणा
खबर एक्सप्रेस
२०८०-०२-१५ ०५:५६ मा प्रकाशित
Total Shares: 93
काठमाडौं-सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुंगा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ढुंगा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गरेका छन्।
ढुंगा र गिट्टी निर्यातको कुरा बहसमा आए पनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसरको प्रयोग गर्न सकेको छैन।
फेसबुक पेज Like गर्नुहोस