काठमाडौं - राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई अनुमोदन गरेको छ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रस्तुत गरेका अध्यादेशहरू सभामा छलफलपछि पारित भएका हुन्। 

ती अध्यादेशहरू आगामी २१ फागुनमा हुने निर्वाचनलाई ध्यानमा राखी जारी गरिएको जनाइएको छ।

स्वीकृत अध्यादेशहरूमा मतदाता नामावली ऐन, २०७३ संशोधनसम्बन्धी अध्यादेश, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको पहिलो संशोधनसम्बन्धी अध्यादेश तथा नेपाल विशेष सेवा ऐनको दोस्रो संशोधनसम्बन्धी अध्यादेश समावेश छन्।

बैठकमा प्रस्तुत प्रस्तावमाथि कुनै विरोध नआएपछि राष्ट्रिय सभाले सर्वसम्मत रूपमा अध्यादेशहरूलाई स्वीकृति दिएको हो।