काठमाडौं - प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने छन् ।

आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आज सकिएपछि मन्त्री पौडेलले जवाफ दिन लागेका हुन् ।

प्रतिनिधिसभामा वैशाख ३० गतेदेखि उक्त प्रस्तावमा छलफल हुँदै आएको छ ।