थप ९७ जनामा कोरोना पुष्टि, ६६ डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-११-२७ ०४:०० मा प्रकाशित
Total Shares: 277
काडमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ११६ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १२ पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९४२ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस