पत्रपत्रिकाबाट

के अब निषेधाज्ञा हट्छ ?

काठमाडौं - उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ ।कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीति अनुरूप परिमार्जन गर्न लागिएको ...

विद्यालयको पाठ्यभार घटाउने तयारी

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ ।वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रम ...

मल कारबाही प्रकरण : ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

काठमाडौं – सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ ।कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया थालिने बताएको थियो । कानुनअनु ...

‘म्याच फिक्सिङ’ राज्यविरुद्ध कसुर नहुने

काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य विप्लवमा नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता तथा ...

नेपाल–भारत वाणिज्य सन्धि : पुनरवलोकनका विषय कार्यान्वयन भएनन्

काठमाडौं - नेपाल–भारत वाणिज्य सन्धिमा सुधार गर्न दुवै पक्ष सहमत भएका विषय तत्काल कार्यान्वयनमा जानुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् । नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (निक्की)ले सोमबार आयोजना गरेको वेबिनारमा सहभागीहरूले यस्तो जोड दिएका हुन् ...

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

गौर - रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ।एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु नैतिकताविपरीत ...