प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ वटा उजुरी दर्ता
काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन् ।
शनिबार साँझसम्म ७ उजुरी परेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
केहीदिनअघि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
त्यसपछि संसदीय सुनुवाइ समितिले वैशाख २६ गते डा. शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्न अनुपयुक्त ठान्ने व्यक्तिलाई आधार, कारण र प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो ।
सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।
उजुरी परेपछि समितिले ती विषयमा छलफल र छानबिन हुनेछ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गरिने छ ।
उनीविरुद्ध भोलिसम्म उजुरी आह्वान गरिएको छ । समितिका अनुसार भौतिक रुपमा उपस्थित भएर वा हुलाक र इमेलबाट पनि उजुरी पठाउन सकिन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस