काडमाडौं - काडमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले बोकेको खुकुरी खोसेर उनीमाथि नै प्रहार भएको हो ।

सुरक्षा गार्ड गुरुङको हातमा चोट लागेको छ । हाल उनको के एमसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।