काठमाडौं - नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूची (ग्रे लिस्ट)बाट बाहिर निस्किन फेरि पनि असफल भएको छ । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी नियन्त्रणका अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न नसक्दा नेपाल पुनः अनुगमनको खैरो सूचीमै परेको हो।
फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा निरन्तरता दिएको छ ।

.gif)


