काठमाडौं -विश्वकप फुटबलको समूह चरणअन्तर्गत दोस्रो खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

समूह ‘जी’ को खेलमा न्युजिल्यान्डले १४औँ मिनेटमा फिन सुरमानको गोलमार्फत अग्रता लिएको थियो। तर इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा मोडेको हो।