काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० मा सहभागी हुन शनिबार टर्किए जाने भएका छन् ।

टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिखसम्म आयोजना हुने सम्मेलनमा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागी हुनेछन् ।

सम्मेलनका क्रममा मन्त्री खनालले नेपालसहित ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमालयसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् ।

त्यसैगरी, उनले सम्मेलनका विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागी हुनुका साथै अन्य देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सञ्जय आचार्य, कृषि मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सरकारी अधिकारी सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।