युनाइटेडको तेस्रो जित
खबर एक्सप्रेस
२०७९-०४-०४ ०७:४३ मा प्रकाशित
Total Shares: 200
काठमाडौं - प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हराएको छ ।
मेलबर्नमा मंगलबार युनाईटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए ।
प्रि सिजन टुरमा अष्ट्रेलिया रहेको युनाईटेडको यो लगातार तेस्रो जित हो । यस अघि युनाईटेडले लिभरपुललाई ४-० र मेलबर्न भिक्ट्रीलाई ४-१ ले हराएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस