काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । 

बैठक सिंहदरवारस्थित दलको कार्यालय बसिरहेको छ । 

बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ । 

नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिँदैछ । 

साथै बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा समेत सदस्यहरूबँच विचार विमर्श हुने संसदीय दलले जनाएको छ ।