कपिलवस्तु - कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ।  

बुधबार बिहान ११ बजे कपिलवस्तु नगरपालिका-३ स्थित महिता चोकमा सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करपछि सोही नगरपालिका-६ सेमेरीका अतिकूर रहमानका तीन वर्षे छोरा महफुज मुसलमान गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका महफुजको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक बालकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ।

र्दुघटनामा ट्याम्पु चालक कपिलवस्तु नगरपालिका वडा नम्बर-३ वर्गदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन्। उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। 

यसैगरी दुर्घटनामा परि घाइते भएका अन्य ८ जना भने सामान्य उपचारपछि घर फर्केका छन्।  

यता ठक्कर दिने सशस्त्रको गाडी र चालकलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले गुनासो गरेका छन् ।