विप्लव समूहले गरे गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीको अपहरण
खबर एक्सप्रेस
२०७६-०९-०६ ११:०० मा प्रकाशित
Total Shares: 902
दैलेख - ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेका छन् ।
शिरपाटामा घरमै रहेका उनलाई गएराति करीव १५ जनाको समूहमा हतियारसहित आएकाहरुले अपहरण गरेका हुन् ।उनीसँगै अपहरणमा परेकी अध्यक्ष शाहीकी श्रीमती ईला शाही र भाइ हस्तबहादुर शाहीलाई भने बिहान छाडिएको छ ।
राजनीतिक मुद्धा भएकाले शाहीलाई अपहरण गरिएको र २, ३ दिनभित्र छाड्ने आश्वासन दिएको उनकी श्रीमती इलाले बताइन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाहीको अपहरणको सूचना पाउने वित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजी कार्यलाई तीव्र वनाउन आवश्यक तयारी भइसकेको जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस