काठमाडौं - नेपाली बजारमा सुन तथा चाँदीको मूल्य दिनदिनै घटिरहेको छ । आज सुनको मूल्य १ हजार १०० र चाँदी ८० रुपैयाँले घटेको हो। 

अघिल्लो दिन आइतबार  सुनको मूल्य १ हजार ५०० र चाँदीको मुल्य १०० रुपैयाँले घटेको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुनको मूल्य २ लाख ६९ हजार १०० कायम भएको छ। आइतबार सोही परिमाणको सुन २ लाख ७० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

महासंघका अनुसार आज चाँदी प्रतितोलाको ३ हजार ५२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार १५५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ३ हजार ६०० रुपैयाँ कायम भएको थियो।

तिहारयता सुनको मूल्य १५ हजार २ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।