काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा आजदेखि सुनुवाइ हुँदैछ । साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका रिट निवेदकको आज सुनुवाइ हुने भएको हो । 

बहसपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछ। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि ३० वटा रिट दर्ता भएका छन् । बाँकी ११ रिटको सुनुवाइ शुक्रबार हुनेछ जुन संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिट हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।