काठमाडौं - गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीमा बुधबार उनीहरूबीच भेटवार्ता भएको हो।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङसँग भेटवार्ता भएको उल्लेख गरेका छन्। 'नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटेर खुसी लाग्यो,' उनले भनेका छन्।

गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत भ्रमणमा गएका हुन्। उनले मंगलबार भारतीय समकक्षी अमित शाहसँग भेटवार्ता गरेका थिए ।