काठमाडौं - यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो।
सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट असोज १७ गते मनसुन बाहिरिन सुरु भएको थियो।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति असोज १६ गते भए पनि यस वर्ष १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ।मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव कायम रहन सक्ने महाशाखाले जनाएको छ।

.gif)



