काठमाडौं - संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले १० जनालाई राजदूतमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय गरेको हो ।
समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीको नाम अनुमोदन गरेको छ।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, ओमानका लागि डा. पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झाको नाम पनि समितिले अनुमोदन गरेको छ।
यसैबीच, साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने समितिले अस्वीकृत गरेको छ।
मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल र जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नामबारे भने समितिले निर्णय लिन बाँकी छ।
समितिबाट अनुमोदित भएपछि अब उनीहरूको राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

.gif)



