कैलाली - सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थापाले मंगलबार बजेट पारित भएपछि सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।