काठमाडौं - नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र कालिञ्चोक दर्शनबीच व्यावसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार नेपाल एसबिआई बैंकमा डिम्याट खाता भएका प्रयोगकर्ता ग्राहक र आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने ग्राहकलाई कालिञ्चोक दर्शनको केबुलबार चढ्दा १० प्रतिशत छुट हुनेछ ।