काठमाडौं - प्रहरीको बढुवासम्बन्धी प्रावधान ऐनमै राख्न लोकसेवा आयोगले राय दिएको छ ।

यस्तो प्रावधान नियमावलीमा राख्दा सरकारको हस्तक्षेपको सम्भावना हुने भन्दै आयोगले ऐनमै राख्नुपर्नेमा जोड दिएको हो । संघीय प्रहरी ऐनको मस्यौदामा आयोगले यस्तो राय दिएको हो । गृह मन्त्रालयले कानुन मन्त्रालय, अर्थ मन्त्रालय र लोकसेवा आयोगको राय लिएर मस्यौदालाई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । 

हाल प्रहरीको बढुवासम्बन्धी प्रावधानहरू प्रहरी नियमावलीमा राखिएको छ । प्रहरी नियमावली मन्त्रिपरिषद्ले संशोधन गर्न सक्छ भने ऐन संसद्बाट मात्र । ऐनमै प्रस्ट व्यवस्था गरिए प्रहरी बढुवामा सरकारको हस्तक्षेपको सम्भावना कम हुने भन्दै आयोगले यस्तो राय दिएको हो । लोकसेवाको रायका विषयमा गृह मन्त्रालयले छलफल अघि बढाएको छ ।    

नयाँ पत्रिकाबाट