काभ्रे - अविरल वर्षाका कारण काभ्रे जिल्लाभित्रको बीपी राजमार्गका धेरै स्थानमा पहिरो खसेपछि सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

राजमार्गअन्तर्गत चौकीडाँडा, चारसयबेसी, डालाबेसी, बिरुवाडाँडा, बोक्सीकुना र नार्केसहित करिब आधा दर्जन स्थानमा पहिरो तथा लेदो बग्दा दुईतर्फी सवारी सञ्चालन ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए ।