काठमाडौं - नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुन तोलामा १२ हजार २०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।