काठमाडौं - एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेटमा भारत ‘ए’ले नेपालसामु ३३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको हो।

भारतका कुमार कुशाग्रा र तिलक वर्माले शतकीय पारी खेले। कुशाग्राले सर्वाधिक ११७ रन बनाए। उनले १०२ बलमा १० चौका र चार छक्का प्रहार गरे।

त्यस्तै, तिलकले ११३ बलमा ६ चौका र चार छक्काको मद्दतमा १०७ रन जोडे। शर्यांश सेढ्गेले अविजित ३६ तथा वैभव सूर्यवंशीले २६ रन बनाए।

नेपालका ललितनारायण राजवंशी र कप्तान सन्दीप लामिछानेले समान तीन विकेट लिए। नन्दन यादवले दुई तथा पवन सर्राफले एक विकेट हात पारे।