काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले यही नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक तालिका सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आइतबार (मंसिर ६ गते) दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारी रहनेछन् । परराष्ट्र सचिव अमृत राईका अनुसार भ्रमण टोलीमा ३४ जना सहभागी हुनेछन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

.gif)


