कम्युनिस्टहरू झन् बलिया हुनुपर्ने, सेन्टिमेन्टल भएजस्तो देखेँ: ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टहरू जेनजीको आन्दोलनका क्रममा सेन्टिमेन्टल देखिएको टिप्पणी गरेका छन् ।
शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने- ‘कम्युनिस्टहरू झन् दरा, बलिया हुनुपर्ने । सेन्टिमेन्टल भएजस्तो देखेँ, यसपल्ट आन्दोलनमा । प्रतिक्रियावादीहरूले छिसिक्क केही गराए भने कोही संस्था छोड्ने, कोही नेतालाई गाली गर्ने, बदमासी गर्छन् प्रतिक्रियावादीहरूले, गाली गर्छन् आफ्नो पार्टीलाई । छोड्छन्, आफ्नो विचार, दर्शन । त्यति सारो सेन्टिमेन्टल नहुनुपर्थ्यो । केही केही मान्छे भएको देखियो ।’ उनले चाँडो तात्ने र सेलाउने आल्मुनियम पनि नगर्ने टिप्पणी गरे ।
उनले थपे- ‘डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ? डिस्कर्डमा भोटिङ पनि गर्या रे ! दुई तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ पनि गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्यो अमेरिकाको जस्तो ? । ओलीले डिस्कर्डबाट चुनाव गरेर शासनमा पुगेको भन्दै मतपत्र कस्तो थियो भनेर जेनजीलाई प्रश्न गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस