स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश
खबर एक्सप्रेस
२०८२-०२-०१ ०७:२४ मा प्रकाशित
Total Shares: 144
काठमाडौं - काठमाडौं कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
बुधबार भएको बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश भएको बताइएको छ ।
सांसद राई उक्त सहकारीको सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रूपैयाँ अपचलन भएको अनुसन्धानबाट खुलेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस