बालाजु बाइपासको आगलागी दुई घण्टापछि नियन्त्रणमा
खबर एक्सप्रेस
२०७९-०४-२५ ०३:१९ मा प्रकाशित
Total Shares: 196
काठमाडौं - काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार अपरान्हदेखि लागेको आगो नियन्त्रणमा आएको छ ।
पाँचवटा दमकलको सहायतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । आगो निभाउन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी खटिएका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन।

.gif)



फेसबुक पेज Like गर्नुहोस