काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ मा तय भएको निर्वाचनलाई सफल बनाउन प्रत्येक नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउनु लोकतान्त्रिक जिम्मेवारी भएको बताएका छन् ।

सचिवालयबाट सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले निर्वाचन लोकतन्त्रको आधारशिला भएकाले मताधिकार प्रयोग गर्ने अवसर कसैले पनि गुमाउन नहुने सन्देश दिएका हुन् ।