काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

शनिबार बसेको आकस्मिक बैठकले नेता मोहम्मद अफताब आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । त्यसपछि आज बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको हो ।

परिवर्तित परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न असोज २८ गते सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अझै सकिएको छैन ।

सुरुमा ‘विशेष महाधिवेशन कि नियमित’ भन्ने झगडाबाट पछिल्ला दिनमा ‘पुसमा कि वैशाखमा’ भन्नेमा केन्द्रित छ ।