थप १०७ जनामा कोरोना पुष्टि, एकको मृत्यु
खबर एक्सप्रेस
२०७७-१२-०५ ०४:४५ मा प्रकाशित
Total Shares: 311
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ६१० जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १५ पुगेको छ । आज कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १००० रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस