टेलिकमले पहिलोपटक सेयरधनीलाई बोनस बाँड्दै
खबर एक्सप्रेस
२०७८-१२-०१ ११:४८ मा प्रकाशित
Total Shares: 314
काठमाडौं - नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले सेयरधनीलाई पहिलोपटक बोनस दिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।
कम्पनी संचालक समितिले गरेको प्रस्ताव अनुसार २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिइनेछ । कम्पनीले यसका लागि आगामी चैत २४ गते वार्षिक साधारणसभा बोलाएको छ । चैत ९ सम्म सेयर किनेका सेयरधनीले बोनस पाउने कम्पनीले जनाएको छ ।
कम्पनीको अहिले चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यस्तै, कम्पनीमा सरकारको ९० प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ ।
फेसबुक पेज Like गर्नुहोस