काठमाडौं - मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा सरकारका नियमित कामकारबाहीसँगै विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल हुने र आवश्यक निर्णय गरिने बताइएको छ।