काठमाडौं- नेपाली काँग्रेसका सभापति गगनकुमार थापा आज पोखरा पुगेका छन् । काँग्रेस गण्डकी प्रदेश कार्य समितिको बैठकमा सहभागी हुन सभापति थापा आज बिहान पोखरा पुगेका हुन् । सभापति थापालाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वागत गरेका थिए। सभापति थापा केही बेरमा नेपाली काँग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी हुनेछन् ।

कास्कीको कार्यक्रम सकिएपछि थापाले नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्नेछन् । सभापति थापाकै प्रमुख उपस्थितिमा शुक्रबार पोखरामा सो बैठक बस्ने तय भएको छ । बैठकमा गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका जिल्ला सभापति र आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् ।

यस पटकको बैठकमा प्रदेश कार्यसमितिले प्रतिनिधि सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका प्रत्यासीहरूलाई समेत उपस्थित हुन आग्रह गरेको छ । उनले गण्डकी क्षेत्रका विभिन्न जिल्लाका नेतारकार्यकर्ता एवं उम्मेदवारहरूसँग छलफल गर्ने कार्यक्रम छ।